बुल्समेन शारीरिक सुगठन प्रतियोगिताको तयारी सुरु

बुल्समेन शारीरिक सुगठन प्रतियोगिताको तयारी सुरु

शनिबार, चैत १७, २०७४

पोखरा (हाम्रो खेलकुद) – बुल्समेन क्लब पोखराले आयोजना गर्ने तेश्रो बुल्समेन राष्ट्रिय खुल्ला शारिरिक सुगठन प्रतियोगिताको तयारी सुरु भएको जनाएको छ । शनिबार पोखरामा एक कार्यक्रममा क्लबका अध्यक्ष नुना गुरुङले तयारी सुरु भएको जानकारी दिएका हुन् । उनले प्रतियोगिता अर्को वर्ष भदौ १६ गते आयोजना गरिने बताए ।

भविष्यका कर्णधार युवालाई शारिरिक रुपमा जोशिलो बनाउँदै समाजको दिगो विकासमा सहयोगी शारिरिक सुगठन महत्वपूर्ण रहेको जनाउँदै अध्यक्ष गुरुङले शारिरिक व्ययाम दीर्घ जिवनका लागि आवश्यक रहेको बताए । प्रतियोगितामा पहिलो पटक महिलाहरुकोसमेत सहभागिता रहने क्लबले जनाएको छ ।

प्रतियोगितामा देशका करिब १ सय ५० प्रतियोगीहरुको सहभागिता रहने जानकारी दिंदै क्लबले ओभरअल च्याम्पियन ले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । हरेक तौल समूह प्रथम, द्वितिय र तृतियलाई नगद, पदक प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता झन्डै ४० लाख रुपैयाँ खर्च हुने बताइएको छ ।

प्रतियोगिता बाट भएको आम्दानीले पोखरा रंगशालमा सुबिधा सम्पन्न तथा आधुनिक व्ययामशाला निर्माण गरिने क्लबले जनाएको छ । पोखरामा हरेक दुइ वर्षमा आयोजना हुने बुल्समेन राष्ट्रिय खुल्ला शारिरिक सुगठन प्रतियोगिता सबै खेल प्रेमीहरुका लागि प्रतिक्षाको विषय रहेको बताउँदै अध्यक्ष गुरुङले बुल्समेन क्लब समाजसेवामा पनि सर्मपीत रहेको सुनाए ।

उनले स्थापनको छोटो समयमा नै क्लबले चन्द्रिका अधारभुत विद्यालय स्याङजा, कन्या क्याम्पस नदिपुरलाई विविध शैक्षिक सामाग्री र सरिता गुरुङ फाउण्डेशन र खेलकुदका विभिन्न संघ–संस्थाहरुलाई आर्थिक सहयोग प्रदान गर्दै आइरहेको जानकारी गराए ।

Source: https://www.hamrokhelkud.com/others/34495.html