बुल्समेन क्लबले पोखरामा गरेको ‘तेस्राे मिस्टर बुल्समेन खुल्ला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता तथा प्रथम महिला फिटनेस च्याम्पियनसिप’ पुरुषतर्फको उपाधि नेपाल व्यायम मन्दिर काठमाडौंका मीलनविक्रम सिजापतीले हात पारेका छन्। महिला फिटनेशतर्फ पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा बज्र ननिता फिटनेस काठमाडाैंकी बिनिता राई प्रथम भइन्।
पोखरा रंगशालास्थित कभर्ड हलमा शनिबार अबेर सम्पन्न प्रतियोगितामा सिजापती ८० केजी तौलमा प्रथम हुँदै फाइनल राउन्डमा पुगेका थिए। सबै तौल समूहमा प्रथम हुने ६ जनालाई पछि पार्दै उनी मिस्टर बुल्समेन च्याम्पियन बनेका हुन्। सिजापतीले नगद ३ लाख रुपैयाँसहित बुल्समेन ट्रफी हात पारे।
महिला फिटनेशमा प्रथम राईले ४० हजार १ सय ११ नगदसहित ट्रफी हात पारिन्। महिलातर्फ फिजिकल फिटनेसकी सुजिता मानन्धर दोस्रो हुँदै ३० हजार १ सय ११ र मसल वल्र्ड जिम काठमाडौंकी शोभा मानन्धर तेस्रो हुँदै २० हजार १ सय ११ प्राप्त गरिन्। प्रतियोगितामा पुरुष ५५ केजी तौल समूहमा नेपाल व्यायम मन्दिरका सुशील बिन्दुकार प्रथम भए। सोही स्र्पाधामा मसल मेनिया फिटनेश काठमाडौंका आवाज प्याकुरेल द्वितीय र बुटबल फिटनेसका सुनिल आले तृतीय भए। प्रतियोगितामा ६० केजी तौलमा पोखरा जायन्ट फिटनेसका मनोज केसी प्रथम, नेपाल व्यायाम मन्दिर काठमाडौंका रबी मर्हजन द्वितीय र भक्तपुर टोटल फिजिकल फिटनेसका किशनदास दिवाकार तेस्रो भए।
६५ केजी तौल समूहमा बुटवल फिटनेसका मोतिलाल चौधरी पहिलो भए। सोही स्र्पाधामा काठमाडाैं फिटनेशका रोजेज बर्जाचार्य द्वितीय र काठमाडौं डिभाइन फिजिकलका प्रज्वलमान शाक्य तृतीय भए। प्रतियोगितामा ७० केजी तौलमा मेगा जिम पोखराका भरत श्रेष्ठ प्रथम, नेपाल व्यायमका सञ्जीवकुमार श्रेष्ठ द्वितीय र विराटनगर पावर जिमका अमृत दमाई तृतीय भए।
७५ केजी तौलमा भक्तपुर पारामाउन्ट फिजिकलका प्रवेश श्रेष्ठ प्रथम, चितवन जिमका मरिचमान लामा द्वितीय र काठमाडाैं रिभर फिल्ड जिमका अशोक मर्हजन तृतीय भए। ८० केजीमा नेपाल व्यायमका मिलन विक्रम सिजापती प्रथम, झापा ग्यालेक्सी फिटनेसका ललित धिमाल द्वितीय र काठमाडांै न्यू फ्ल्यास फिटेशका नरेश मालाकार तृतीय भए। प्रतियोगितामा ८० केजी तौलभन्दा माथिको क्याटोगरीमा मोरङ पथरी फिटनेशका प्रकाश राई प्रथम, नेपाल मन्दिरका ग्रेस मर्हजन द्वितीय र रुपन्देही ह्युमर फिटेशका विष्णुकुमार निशाद तृतीय भए।
प्रतियोगितामा प्रत्येक तौल क्याटोगरीमा पुरुषतर्फ प्रथम, द्वितीय र तृतीयले नगद २०, १५ र १० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे। प्रतियोगितका विजेताहरुलाई पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, बुल्समेन क्लबका संरक्षक सुनिल गुरुङ, संस्थापक अध्यक्ष बुद्ध गुरुङ, बुल्समेन हङकङका संरक्षक ईश्वर गुरुङ, नेपाल शारीरिक सुगठन तथा फिटनेसका केन्द्रीय अध्यक्ष शिव लामिछाने, पश्चिमाञ्चल क्षेत्रीय खेलकुदका कार्यवाहक अध्यक्ष सम्पन्न श्रेष्ठ, जिल्ला खेलकुदका अध्यक्ष याम गुरुङ लगायतले विजेता खेलाडीलाई पदक, प्रमाणपत्र र नगद वितरण गरेका थिए।
प्रतियोगिता सम्पन्न गर्न करिव ४० लाख खर्च लागेको बुल्समेन क्लब पोखराले जनाएको छ। प्रतियोगिताबाट बचत भएको रकमले पोखरा रंगशालामा शारीरिक सुगठन खेलमा युवाहरुलाई आकर्षित गराउन आधुनिक व्यायमशाला निर्माण गरिने क्लबले जनाएको छ। प्रतियोगिताका लागि देश विदेशबाट समेत अर्थिक सहयोग प्राप्त भएको थियो। दुई दिनसम्म चलेको प्रतियोगितामा महिला र पुरुष गरी ८० जना खेलाडीको सहभागिता थियो।
प्रकाशित मिति: आइतबार, भदौ १७, २०७५, ०२:०२:००


