पोखरा/
बुल्स्मेन क्लब पोखरा बुद्धचोकको तेस्रो अधिबेशनबाट अध्यक्षमा नुना गुरुङको अध्यक्षतामा निर्वाचित भएका छन । त्यस्तै व।उपाध्यक्षमा सुरेश गुरुङ, उपाध्यक्ष गणेश राज लामिछाने, सचिव उदिम गुरुङ, सह सचिब बिमल बहादुर खाड, कोषाध्यक्ष रुपेन्द्र गुरुङ रहेका छन भने सदस्यहरुमा सम्भु राना मगर, सुशील थापा, जेम्स गुरुङ, अब्बु मिया, ज्योति थापा, जीवन कुमार ओलि चयन भएका हुन ।
कार्यक्रमको बारेमा जानकारी गराउदै नबनियुक्त सहसचिव बिमल बहादुर खाड्ले हिजोका दिनमा क्लबले गरेका राम्रा कार्यहरुको आत्मासाथ गरि कमि कमजोरी लाई सुधार गर्दै क्लबलाई थप उचाईमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन ।
साथै उनले क्लबले गर्ने सामाजिक काममा सहयोग तथा सल्लाह सुझाब दिन देश बिदेशमा रहेका नेपालीहरुलाई आवहान गरेका छन ।


